हिरासत मृत्यु प्रकरण : संसदीय छानबिन समिति गठन गर्न संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको माग

दलित अनलाइन बैशाख १७, २०८३

काठमाडौँ — संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली हिरासत मृत्यु प्रकरणमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुखलाई तत्काल निलम्बन गरी न्यायिक छानबिनको दायरामा ल्याउन संसदीय छानबिन समिति गठन गर्न माग गरेक छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सभामुख डीपी अर्याललाई बिहीबार ज्ञापन पत्र बुझाउँदै प्रमुखहरुलाई  तत्काल निलम्बन गरी न्यायिक छानबिनको दायरामा ल्याउन संसदीय छानबिन समिति गठन गर्न माग गरेको हो ।

NTC

समितिका अनुसार यहीँ वैशाख ७ गते सिन्धुलीको सुनकोसी गाउँपालिका-३ जुमिडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहस्यमय मृत्यु भएको थियो । घटनालाई लिएर विभिन्न शङ्का उत्पन्न भएको भन्दै समितिले तत्काल निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको उल्लेख गरेको छ ।

समितिले प्रस्तुत गरेका विवरणअनुसार मृतकको शरीरमा देखिएका चोटपटक, परिवारलाई ढिलो जानकारी गराइएको अवस्था, घटनास्थल अवलोकन गर्न नदिइएको र पोस्टमार्टम रिपोर्ट नआउँदै आत्महत्या निष्कर्ष सार्वजनिक गरिएको जस्ता तथ्यले घटना शङ्कास्पद भएको उल्लेख गरिएको छ । यस्ता परिस्थितिले यो सामान्य घटना नभई गम्भीर मानवअधिकार उल्लङ्घन भएको सङ्केत गर्छ ।

समितिले रोल्पा लगायतका स्थानमा भएका अन्य जातीय विभेदका घटना पनि उल्लेख गर्दै दलित समुदाय अझै असुरक्षित रहेको जनाएको छ । यस्ता घटनाले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि गम्भीर प्रश्न उठाएको समितिको ठहर छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank