सम्पत्ति छानबिनको निर्णय म प्रधानमन्त्री हुँदा गरेको हुँ : प्रचण्ड

दलित अनलाइन चैत्र २८, २०८२

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री रहँदा नै गरिएको बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो निर्णय आफ्नो कार्यकालमै भएको दाबी गर्दै यस विषयमा पटक–पटक उल्लेख गरिसकेको बताए।

सम्पत्ति छानबिनको प्रक्रियाबारे बोल्दै उनले अहिलेको सरकारको काम-कारबाहीबारे टिप्पणी गर्न हतार हुने अवस्था नरहेको पनि स्पष्ट पारे। उनले वर्तमान नेतृत्वलाई समय दिनुपर्ने उल्लेख गर्दै सकेसम्म राम्रो काम गर्ने अपेक्षा व्यक्त गरे।

सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी ओलीसहित सबै शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank