काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथिको विभेदलाई राज्यबाटै भएको संगठित अपराध बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारका तर्फबाट शताब्दीऔँदेखिको विभेदका लागि दलित समुदायसँग माफी मागे। चुनावी अभियानका क्रममा खगेन्द्र सुनारबारे आएका टीका–टिप्पणीलाई उदाहरणका रूपमा पेस गर्दै लामिछानेले भने, ‘गल्ती गरेको हो कि होइन यकिन नहुँदा खगेन्द्र सुनारले माफी मागे, खगेन्द्र सुनारहरूमाथि युगौँयुगसम्म गरिएको अन्यायका लागि हामीले माफी माग्यौँ ?’

हातमा सिप हुनेहरूलाई अछुत मानेकाले देश बन्न नसकेको तर्क गर्दै सभापति लामिछानेले अब कुनै पनि नेपालीले जातका नाममा झुक्न नपर्ने प्रस्ट पारे।
‘यो सरकार शताब्दीऔँदेखिको विभेद, अन्याय, अत्याचारको इतिहासका लागि पहिलोपटक समूहिक र सार्वजनिक माफी माग्दै छ त्यो पनि सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौँ। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन,’ उनले भने।


























Leave a Reply