पोखरा लेकसाईड केदारेश्वरमा जातीय छुवाछुत गर्नेले मागे माफी ( भिडियोसहित )

दलित अनलाईन २५ श्रावण २०७५, शुक्रबार १०:४७

विरोधमा यसरी गर्जिए अधिकारकर्मी

प्रेम नेपाली

पोखरा–नेपाललाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको डेढ दशक वितिसकेको छ । संविधान, ऐन, कानुन, नारा र भाषण र राजनीतिक दस्तावेजमा न्याय र समानताको जतिसुकै चर्को वकालत गरेपनि अझैपनि समाजमा आफुलाई कथित ठुलो जाति भन्नेहरुले कथित साना जाति माथि भेदभाव, अपमान र अन्याय गर्न छाडेका छैनन । दलितहरुमाथि धारामा पानी छोएको, मन्दिर प्रवेश गरेको, अन्र्तजातीय विवाह गरेको अनेक वहानामा दिनहुँ अत्याचार हुने गरेका छन । तर त्यस्ता अधिकांश घटना सार्वजनिक गरेर दोषिलाई कार्वाहीको कठघरामा नपुग्दै मिलापत्र, दवाव र प्रलोभनमा पारेर सामसुम पारिन्छ । विभेदका अनेक घटनाहरु मध्ये पोखरा महानगरपालिका ६ लेकसाईडस्थित केदारेश्वर महादेव मन्दिरमा हालै सामुहिक प्रसाद बनाउने काममा खटिएका दलित महिलाहरुमाथि गरिएको जातीय विभेदलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । चुल्होमा रोटी बनाउँदै गरेका दलित महिलाहरुलाई ‘तिमिहरुले छोएको धेरैले खान नमानेकोले खेर जाने भयो’ भन्दै बाहिर सरसफाईको काम गर्न जाउ भनेर बाहिर पठाईएको घटना सार्वजनिक भएको छ ।
स्थानीय आमा समुहहरुले सामूहिक प्रसाद बनाएर वितरण गर्ने कार्यक्रम राखेका थिए । त्यहाँ दलित महिलाहरुलाई भान्सामा नआउ भन्दै बाहिर पठाएका थिए ।
घटनापछि पुगेका दलित अधिकारकर्मीहरुसँग ती पीडक महिलाहरु उल्टै चर्का चर्की गरेर बाझा बाझ गरेका थिए । पछि पत्रकार सम्मेलन गरेर कार्वाहीको लागि अघि वढ्ने चेतावनी दिएपछि त्यसबाट बच्न देखावटी माफि मागेर उम्किएका थिए । .
घटनापछि पोखरा महानगरपालिकाका ५ का वडाध्यक्ष धनवहादुरर नेपाली, पोखरा ६ का दलित नेता मंगलबहादुर नेपाली, राममाया विश्वकर्मा लगायतको टोली घटनास्थल पुगेर दोषीलाई कार्वाहीको चेतावनी दिदै माफी माग्न बाध्य गराएका थिए ।

 

        भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank