सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको छ : श्रममन्त्री

दलित अनलाईन २६ आश्विन २०७५, शुक्रबार १८:५८

काठमाडौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार गरीबी, अभाव र बेरोजगारीबाट देशलाई मुक्त गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउनुभएको छ ।

बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा आज मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालीको श्रम र सीप नेपालकै विकासमा प्रयोग गरी समृद्ध नेपाल निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

मन्त्री विष्टले मुलुकमा पर्याप्त रोजगारीका अभावमा घर परिवार र मातृभूमिबाट टाढा परदेशी भूमिमा रहेका लाखौँ नेपाली रगत र पसिना बगाउँदै अत्यन्त जोखिमपूर्ण काम गर्नुपरेको स्मरणसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “दशैँमा आफ्नो घर आउने चाहना हुँदाहुँदै पनि कयौँ युवा घर फर्कन सक्नुभएको छैन । सरकार विदेशी भूमिमा नेपाली युवाले गरेको मेहनतलाई सम्मान गर्दछ । तपाईहरु स्वदेश फर्कदा जन्मभूमिमै श्रम गरी सम्मानजनक जीवनयापन गर्न पाउने गरी रोजगारीका अवसर वृद्धि गर्न सरकार क्रियाशील छ ।”

सबैले देश निर्माणमा योगदान गर्नुपर्ने बेला आएको बताउँदै उहाँले मरभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी नेपाली हातले नेपाल बदल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । पारिवारिक पुनर्मिलनको दृष्टिले दशैँ निकै महत्वको चाड भएको उल्लेख गर्दै उहाँले नेपालका चाडपर्वले सबै नेपालीलाई एकताबद्ध बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

श्रमिक र सामाजिक न्यायको पक्षमा सञ्चारकर्मीले जनपक्षीय भूमिका निर्वाह गरेको बताउँदै मन्त्री विष्टले सञ्चारकर्मीले श्रमिकका पक्षमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank