रूपन्देहीका दुई पालिका उपप्रमुखमा दलित महिला उम्मेदवार

दलित अनलाईन १७ बैशाख २०७९, शनिबार १२:२८

बुटवल — रूपन्देहीका १६ पालिकामध्ये दुईवटामा प्रमुख दलले दलित महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेकी कल्पना हरिजन र रोहिणी गाउँपालिकामा राप्रपाकी शिवकान्ती हरिजनले उम्मेदवारी दिएका हुन् ।

२८ वर्षीया कल्पना विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । स्नातक उत्तीर्ण उनी त्यहाँको सामाजिक क्रियाकलापमा पनि संलग्न छन् । युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, बेरोजगारी हटाउन पहल गर्ने, कुलतबाट बचाउने र जातीय छुवाछूत हटाउने आफ्नो प्रमुख एजेन्डा भएको उनले बताइन् ।

‘मधेसमा महिला हिंसा धेरै र महिलाहरू गृहिणीमा मात्रै सीमित छन् । महिला सशक्तीकरण र रोजगारी सिर्जना मेरो अर्को प्रमुख एजेण्डा हो,’ उनले भनिन् । रोहिणीमा सुरु गरिएका कामलाई पूरा गर्न उपाध्यक्षमा पुनः उम्मेदवारी दिएको शिवकान्तीले बताइन् । यसअघि नयाँ अनुभव भएकाले चाहेजस्तो काम गर्न नसकेकाले पुनः उपाध्यक्षमा उठेको उनले बताइन् । ‘गृहिणी दलित महिला उपाध्यक्ष बन्नु नै ठूलो कुरा हो,’ उनले भनिन्, ‘पाँच वर्षमा धेरै कुरा सिकेकी छु । सिकेका कुरा अब व्यवहारमा उतार्ने प्रयत्न गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank