ओलीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

दलित अनलाइन चैत्र १६, २०८२

काठमाडौँ —  सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण कारण पेस गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

Royal Enfield

ओलीकी पत्नी राधिका शाक्यले पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा आइतबार बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि गैरकानुनी दमन गरेको अभियोगमा जाँचबुझ आयोगको सिफारिसमा ओली ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका थिए। तत्कालिन प्रधानमन्त्री ओलीका गृहमन्त्री रमेश लेखक पनि सोही कसुरमा पक्राउ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank