पहिरोबाट विस्थापित बारेकोटका दलितहरु भोकभोकै

दलित अनलाईन ६ श्रावण २०७७, मंगलवार ००:०५

जाजरकोट —बारेकोट गाउँपालिका ४ का सार्कीटोलका १ सय ६१ घरपरिवार दलित समुदाय खाद्यान्न अभावका कारण भोकभोकै बस्न बाध्य भएका छन् ।
गत असार २५ को बाढी–पहिरोबाट विस्तापित भएका १ सय ६१ घरपरिवार दलित समुदाय खाद्यान्न अभाव भएपछि भोकभोकै बस्न बाध्य भएका हुन् । समान्य घर खेती किसानी गदै गुराजा चलाउदै आएका उनीहरु पहिरोबाट विस्तापित भएपछि खाद्य अभाव भएको हो । ‘स्थानीय पसलमा चामलको कुरै छाँडौं, चिउरा र चाउचाउ पनि पाइन छोडेको छ,’ बारेकोट–४, सार्कीटोलका बीरमान सार्कीले भने, ‘११ दिनदेखि विस्थापित छौं, खाने अन्न केही छैन ।’ जिरी, सार्कीटोल, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट र कोट्लीलगायत गाउँमा खाद्यान्न अभाव देखिएको हो । बारेकोटका बासिन्दा गुजाराका लागि बर्सेनि बजार र खाद्य संस्थानको खाद्यान्नमा भर पर्छन् । यातायातको असुविधाले स्थानीय बजारमा पनि खाद्यान्न मौज्दात सकिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । ‘यहाँको उत्पादित अन्नले ३ देखि ६ महिना खान पनि मुस्किल पर्छ,’ उनले भने, ‘यो सिजनमा गाउँपालिकामा बर्सेनि खाद्यान्न अभाव हुन्छ, झन् यस वर्ष पहिरोले अधिकांश परिवार विस्थापित छन् ।’
गत असार २५ गते बारेकोट–४, सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको थियो । एक जना अझै बेपत्ता छन् । बेपत्ता फेला नपरेपछि खोजीका लागि गएको नेपाली सेनाको टोली सदरमुकाम फर्किसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank