एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

दलित अनलाइन चैत्र १४, २०८२

काठमाडौँ — बलात्कार आरोपमा नेकपा एमाले मुगुका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। शनिबार जिल्ला प्रहरी परिसरले  बलात्कार आरोपमा मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर प्रहरीले पक्राउ गरेको हो।

उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। आजै मात्र गृहमन्त्री सुधन गुरुङले ललितपुर प्रहरी परिसरको अनुगमन गरेर फर्किएका थिए।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्।  ती महिला केही समयअघि माइतीघरमा अनशन समेत बसेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank