रविको अभिव्यक्तिप्रति बाबुराम- पुरानाको सम्मान गर्ने सोच अर्थपूर्ण, फलेको हाँगो निहुरिनुपर्छ

दलित अनलाइन चैत्र ४, २०८२

काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्तिको प्रशंसा गरेका छन्।

लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको अभिमुखीकरण सकारात्मक रहेको भन्दै डा. भट्टराईले रास्वपाले पाएको मत समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश भएको बताएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक भएको उल्लेख गरेका छन्।

सभापति लामिछानेको विचारमा विनम्रता देखिएको सुनाउँदै डा. भट्टराईले लेखेका छन्, ‘फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ, त्यो कायम रहोस्।’

रास्वपाले पाएको अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई मात्र प्राप्त मत नभएको उनको निष्कर्ष छ।

Nic asia bank

‘पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नुभन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धिको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ,’ डा. भट्टराईले उल्लेख गरेका छन्।

हालै सम्पन्न आमनिर्वाचनबाट उदाएको रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय अभ्यास र राजनीतिक संस्कारबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम राखेको थियो।

सोही क्रममा सभापति लामिछानेले व्यक्त गरेका विचारलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले शुभकामनासहित सकारात्मक प्रतिक्रिया जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank