लुकेर नेपाल आएका थिए रुपन्देहीका कोरोना संक्रमित

दलित अनलाईन २० बैशाख २०७७, शनिबार १२:२७

बुटवल – रुपन्देहीका कोरोना संक्रमित २५ वर्षीय युवा कोटहीमाई गाउँपालिकाका हुन् । उनी भारतीय सीमा क्षेत्रमा बस्दै आएको बताइएको छ । भारतबाट बैशाख ५ गते नेपाल भित्रिएका उनी मर्चवारकै एक क्वारेन्टाइनमा बसेका थिए । मर्चवारको मझगवामा स्थित क्वारेन्टाइनका सबैको कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको हो ।

नेपाल- भारत सीमामा कडा सुरक्षा तैनाथीका बीच उनी लुकेर नेपाल पसेको बुझिएको छ । गाउँमा आएको पत्ता पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । त्यसपछि मात्रै उनलाई क्वारेन्टाइन लगिएको थियो । उनी अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

‘हिजोमात्रै बुटवलको अस्पतालमा उपचारका लागि आएका हुन्, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले भने, ‘यहाँ उपचार भइरहेको छ । अवस्था सामान्य नै छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank