जाजरकोट बारेकोटमा पहिरोबाट ११ को मृत्यु

दलित अनलाईन २८ असार २०७७, आईतवार १८:५६

जाजरकोट-  जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती गएको पहिरोमा परी बेपत्ता थप एक जनाको शव फेला परेको छ। पहिरोमा हराएकी मृतक गोपाल सार्कीकी १३ वर्षीया छोरी लक्ष्मी सार्कीको शव भेटिएको हो। योसँगै उक्त पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए। पहिरोमा परी बेपत्ता ११ वर्षीया कमला सार्कीको शव आइतबार बिहान उद्धार टोलीले भेटेको थियो। कमला घटनामा परी मृत्यु भएकी कलु सार्कीकी छोरी हुन्। ३८ वर्षीय कलु सार्की, उनकी १३ वर्षिय छोरी तिर्सा सार्की र ६ वर्षीय छोरा सुभाष सार्कीको मृत्यु भएको छ।

घटनामा पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीय डिल्ली सार्की तथा १८ वर्षीय विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए। उनीहरु दिदीको घरमा पाहुन आएका थिए। पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको मृत्यु भएको छ।

गोपालकी श्रीमति ५० वर्षीया पुष्पा सार्की पहिरोमा बेपत्ता छिन्। त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन्। भिरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank