नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ : प्रधानमन्त्री कार्की

दलित अनलाइन चैत्र ३, २०८२

काठमाडौँ —  प्रधानमन्त्री शुसीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छिन्।

सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्।

‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ। नयाँ जनादेश र बद्लिदो राजनीति परिवेशले मूलुकलाई स्थायित्व,विकास र समृद्धि अघि बढाउने आशा जगाएको छ,’ उनले भनिन्।

Nic asia bank

उनले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवद्र्धन आवश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झँदै नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह गरिन्।

‘नेपालको विकास र समृद्धिको लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन्। स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको सहकार्य लगानी ज्ञान,नवनप्रवर्द्धन आवश्यक हुन्छ। त्यसलै सबै गैरआवसिय नेपालीलाई मातृभूमिप्रतिको माया जिम्मेवारीलाई सम्झेर नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह व्यक्त गर्दछु,’ उनले भनिन्।

उनले मातृभूमिप्रतिको प्रेमले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न र देशको प्रगति तथा समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank