बालेन सरकारको बजेटमा दलित समुदायलक्षित कार्यक्रम

दलित अनलाइन जेष्ठ १५, २०८३

काठमाडौं —  प्रतिनिधिसभा बैठकबाट दलित समुदायसँग औपचारिक क्षमायाचना र  माफी मागेको सरकारले  समुदायलाई लक्षित गरी बजेटमा प्राथमिकता दिएको छ ।

शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख गरेको सरकारले बजेटमा दलित प्राथमिकता दिएको  हो ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै भेदभावविरुद्ध राष्ट्रिय अभियान सञ्चालन बजेटमा भनिएको छ, ‘समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभावविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।’

अर्थमन्त्री वाग्लेले बजेट वक्तव्य सार्वजनिक गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी व्यवस्था  मिलाइएको घोषणा गरे ।

त्यस्तै, दलित समुदायको मौलिक सिप, कला र पेसाको प्रवर्द्धन गर्न मधेश, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गर्ने उल्लेख छ ।

सरकारले दलित बालबालिकाको पोषणभत्ता दोब्बर बनाएको छ । हाल पाँच सय ३२ रुपैयाँ पाउँदै आएका उनीहरूले अब मासिक एक हजार रुपैयाँ पाउनेछन् । यसका लागि तीन अर्ब विनियोजन गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनाएका छन् । पाँच वर्ष ननाघेका देशैभरिका दलित बालबालिकालाई सरकारले यस्तो भत्ता वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank