लकडाउनकाे उल्लंघन गर्ने चौबीस सय कारवाहीमा

दलित अनलाईन २ बैशाख २०७७, मंगलवार २२:०४

काठमाडाैं- काठमाडौँ उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ४२७ लाई आज कारवाही गरिएको छ । आज दिनभर उपत्यकाको विभिन्न क्षेत्रमा लकडाउन उल्लङ्घन गरेका ५५९ महिलासहित उनीहरुलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

सोही क्रममा ३२० दुई पाङ्ग्रे र ५० वटा चार पाङ्ग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौँमा सबैभन्दा बढी दुई हजार १९ लाई नियन्त्रणमा लिइएको छ । यसैगरी ललितपुरबाट ३९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी लकडाउनको आदेश जारी गरेको थियो । आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

सबैको सुरक्षाका लागि सरकारले लकडाउनको निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ । सरकारले लकडाउनको अवधि आगामी वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णयसमेत गरेको छ । नेपालमा अहिलेसम्म कोभिड १९ बाट १६ जना सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank