दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

दलित अनलाइन फाल्गुन ५, २०८२

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

Nic asia bank

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।

उनीमाथि निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोप लगाइएको छ।  यसअघि पनि उनी पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank