सरकारी सेवाको सास्ती हटाउन प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्छ : सभापति थापा

दलित अनलाइन माघ २८, २०८२

काठमाडौँ —   नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’ को आवश्यकता औंल्याएका छन्।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन्।

Nic asia bank

हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले भनेका छन्, ‘नागरिकहरु सरकारको ढोकामा जानै नपरोस् सेवा लिनको लागि। कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ, आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। सरकारको ढोकामा जानुपर्ने छ भनेपछि एक पटक भन्दा बढी चोटी जान नपरोस् । सेवा लिन गैइसकेपछि धिक्कार सरकार होइन धन्यावाद सरकार भनेर आउनुपर्ने अवस्था सिर्जना गर्न सकियोस्।’

परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुख दिएको भन्दै उनले प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्। डिजिटल गभर्नेन्स मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने आफूहरुको स्पष्ट प्रतिबद्धता भएको थापाको भनाई छ।

राज्यले दिने सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै एक मात्र विकल्प रहेको उनको भनाइ छ।

थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। उनले न्यूनतम सरकारी निकाय, अधिकतम सुशासनको सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank