प्रेमपत्र पठाएको भन्दै दलित युवकमाथि निर्घात कुटपिट

दलित अनलाईन २१ जेष्ठ २०७८, शुक्रबार १६:३७

काठमाडौं— आफ्नो जात भन्दा माथिल्लो जातकी युवतीलाई प्रेमपत्र पठाएको आधारमा गैरदलितबाट दलित युवकमाथि निर्घात रुपमा कुटपिट भएको छ ।

विहिबार पासवानमाथि जातीय आधारमा गलौज गरी उनीमाति निर्घात रुपमा कुटपिट भएको हो ।  कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने पासवानलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी)शिद्धिविक्रम शाहका अनुसार पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ परेको बताए । ‘घटनाको बारेमा पीडितले अहिलेसम्म उजुरी गरेका छैनन । हामीले ३ जनालाइ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दैछौं’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank