रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ९ जनाकाे पहिचान खुल्याे

दलित अनलाइन माघ २७, २०८२

रामेछाप —  रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ ।

थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

Nic asia bank

उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्य ९ मृतकको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ, दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मानबहादुर तामाङ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का अन्दाजी २८ वर्षीय दिपेश बस्नेत र अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ, अन्दाजी ३१ वर्षीया तारा तामाङ, अन्दाजी ३६ वर्षीय भिमबहादुर तामाङ र अन्दाजी १६ वर्षीया रमिता तामाङ, सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ छन्।

दुर्घटनामा ८ जना घाइते भएका छन्। सबै शवहरू मन्थली अस्पताल पुर्‍याइएको छ।
आज बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ।  सडकबाट खसेको बस नदीमा डुबेको थियो। बस नदीबाट निकालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank