क्यानका उपाध्यक्षद्वारा अर्जुनचौपारीमा निर्माणाधिन क्रिकेट रंगशालाको अवलोकन

दलित अनलाइन माघ १६, २०८२

काठमाडौँ — नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन कुमार सिंहले चर्चित क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरको थाप्लेमा निर्माणाधिन क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।

रंगशाला अवलोकनका क्रममा उनले क्रिकेटरको सम्मानमा रंगशाला बनाउन लागेको भन्दै गाउँपालिकाको उच्च प्रशंसा गर्दै अब हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको सुरुवातमा हुने एनपिएल ट्रफी टुर स्याङ्जा जिल्लामा प्रवेश गर्दा पोखरा एभेन्जरर्सको टिम सहित यही स्थानबाट सुरुवात गर्ने घोषणा समेत गरे ।

Nic asia bank

समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा रहेको यस ठाउँमा गाउँपालिकाको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण भईरहेको छ । क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ ।

पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने विश्वास लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank