अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउनेगरी काम गर्दिनँ : मन्त्री सिन्हा

दलित अनलाइन पुस २६, २०८२

काठमाडौँ —  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले सिमित समयमा अड्केर बसेका विषयहरुलाई सहजीकरण गर्ने प्रयासमा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल आयल निगमको ५६औं वार्षिकोत्सव समारोहमा उनले सिमित समयको लागि मात्रै यो सरकार बनेको उल्लेख गर्दै अवधी सिमित भएपनि अड्केर बसेका काम र निर्णय हुन बाँकी रहेका विषयहरुलाई सहजीकरण गर्नको लागि प्रयास गर्ने बताए।

‘हाम्रो अवधी सिमित छ, यो सिमित समयमा पनि केही अड्केर बसेका काम, निर्णय हुन बाँकी रहेका विषयहरु छन् भने त्यसलाई सजहीकरण गर्नको लागि बाँकी भएको समयमा प्रयास गर्नेछु,’ उनले भने।

उनले आज प्रतिबद्धताको घोषणा गरेर त्यसलाई कार्यान्वयन गर्न सकिएन् भने अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउने भन्दै जोशमा कुनै पनि खालको प्रतिबद्धता गर्न नहुने बताए।

उनले भने, ‘आज कुनै एउटा प्रतिबद्धता घोषणा ठूलो ठूलो शब्दमा गरेर, भोलिको दिनमा कार्यान्वयन हुन सकेन भने अनुहार लुकाएर हिड्नुपर्ने अवस्था हुन्छ। त्यो अवस्था सिर्जना गर्न चाहन्न । त्यसकारण तपाईहरुले उठाएको कुराको पूर्ण तयारी गर्नको लागि निर्देशन दिनु पर्दैन। व्यवस्था आफैं सक्षम छ।’

Nic asia bank

विगतका वर्षहरुमा देखिएका कमजोर आर्थिक अवस्था र वित्तिय दबाबका पश्चात पनि निगमले संस्थागत सुधार, स्वचालित मूल्य प्रणाली लागू र वित्तिय अनुशासन मार्फत मुनाफा आर्जन गर्दै गएको र आर्थिक वर्ष ०८१, ८२ मा करिब १३।६ अर्ब मुनाफा आर्जन गर्न सफल भएको पनि उनको भनाई छ।

‘विगत केही वर्षहरुमा देखिएका कमजोर आर्थिक अवस्था र वित्तिय दबाबका पश्चात पनि निगमले संस्थागत सुधार, स्वचालित मूल्य प्रणाली लागू र वित्तिय अनुशासन मार्फत मुनाफा आर्जन गर्दै गएको र आर्थिक वर्ष ०८१, ०८२ मा करिब १३.६ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ। नेपालमा इन्धन आपूर्तीलाई सहज र अवरोधरहित बनाउन निगमले मोतिहारी–अमलेखगञ्ज अन्तरदेसीय पेट्रोलियम पाइपलाइन परियोजना सफलतापूर्वक सम्पन्न गरि इन्धन ढुवानी प्रणालीलाई ऐतिहासिक रुपमा रुपान्तरण गरेको छ,’ उनले भने।

समारोहमा निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलगायतले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank