कोरोना प्रभावित विपन्न दलित समुदायका ७२ परिवारलाई राहत वितरण

दलित अनलाईन १ श्रावण २०७८, शुक्रबार १५:०१

सुर्खेत — कोरोना महामारीमा अति प्रभावित विपन्न दलित समुदायलाई राहत वितरण गरिएको छ । कोरोना महामारीबाट अति प्रभावित भेरी नगरपालिका वडा ३ ,४ र ११ कटिगाउँका ७२ घरधुरी दलित तथा विपन्न समुदायका घर परिवारलाई खाद्यान्न स्वरुप चामल, दाल, तेल, तरकारी वितरण गरिएको हो ।

नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन), सुर्खेतको आयोजनामा भएको राहत वितरण कार्यक्रम हुनुभन्दा अघि लकडाउनको अवधिमा काम गरेर खाने दलित श्रमिकहरुको अवस्था, भोकमारीको भयावह भएको कुरा फिल्ड सर्भे गरिएको थियो ।

कोभिड–१९, कर्णाली प्रदेश नेपालमा आपत्कालिन राहत सहयोग कार्यक्रम अन्तरर्गत भेरी नगरपालिका वडा ३ र ४ मा ४२ घरधुरी र वडा ११ को कटीगाउँको ३० वटा अति विपन्न गरी ७२ घरपरिवारलाई पहिलो प्याकेज अन्तर्गत राहत वितरण गरिएको दलित गैसस महाँसघका महासचिव एवं नेप्सकोनका अध्यक्ष जेवी विश्वकर्मा जानकारी दिए ।

यो सँगै राहत वितरण कार्यक्रम दैलेख, जुम्ला, मुगु र सुर्खेतमा हुने छ । रुकुुम पश्चिमको सोती घटनाका सहिद परिवार नवराजको आमा उर्मिला विक, लोकेद्र विकको आमा लक्ष्मी विक परिवार पनि राहत वितरण गरेका छन् ।

दलित अधिकारको लागि अन्तराष्ट्रिय आयोग (ICDR) को पहलमा अमेरीकका बार एसोसिएशनको आर्थिक सहयोग र भेरी नगरपालिका जाजरकोटको समन्वय, दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मन्चको सहजिकरण र नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन)ले राहत वितरण गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank