जहाँ राखिएको छ, मादुरोलाई न्यूयोर्कको ‘नर्क’ जेलमा

दलित अनलाइन पुस २०, २०८२

काठमाडौँ —  सैन्य आक्रमण गरेर नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हाल न्यूयोर्कको एउटा यस्तो ‘जेल’मा राखिएको छ जसलाई ‘न्यूयोर्कको नर्क’का नामले पनि चिनिन्छ।

ब्रुकलिनस्थि ‘मेट्रोपोलिटन डिटेन्सन’ एक कुख्यात जेलका रुपमा परिचित छ। यो जेल विश्वका खतरनाक अपराधीहरू र ‘हाइ-प्रोफाइल’ कैदीहरू राख्नका लागि चिनिन्छ। मादुरोलाई यहाँका अन्य कैदीहरूबाट पूर्ण रूपमा अलग गरी विशेष निगरानीमा राखिएको छ।

​यो न्युयोर्क सहरको सनसेट पार्क क्षेत्रमा रहेको एक १२ तल्ले संघीय जेल हो। यो जेल प्रायः अदालतमा मुद्दा चलिरहेका र फैसलाको पर्खाइमा रहेका कैदीहरूका लागि प्रयोग गरिन्छ।

Nic asia bank

यसअघि यहाँ र्‍यापर सिअन ‘डिडी’ कोम्ब्स, क्रिप्टो अपराधी साम बैंकम्यान-फ्राइड र आर. केली जस्ता चर्चित व्यक्तिहरूलाई राखिसकिएको छ। शुक्रबार भेनेजुएलामा ब्यापक सैन्य आक्रमण गरेर अमेरिकाले त्यहाँका राष्ट्रपति मादुरो र उनकी श्रीमतिलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई अमेरिका पुर्‍याइएको छ र अब विभिन्न अपराधहरू गरेको आरोपमा अमेरिकी अदालतमै मादुरो र उनकी श्रीमतिमाथि मुद्दा चल्नेछ। लामो समयदेखि अमेरिकाले मादुरोमाथि ‘ड्रग्स’ माफियाको आरोप लगाउँदै आएको छ।

भेनेजुएलाका मुख्य सैन्य अड्डाहरू तथा सुरक्षा अंगलाई नियन्त्रणमा लिएपछि अमेरिकी सैनिकले राष्ट्रपति मादुरो बसिरहेको घरमा पनि आक्रमण गरेको थियो। त्यसपछि त्यहिँबाटै उनलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याइएको छ।

शनिबार साँझपख आफ्नै फ्लोरिडामा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरो र उनकी श्रीमति अमेरिकाको नियन्त्रणमा रहेको पुष्टि गरेका थिए।

यसपछि अब भेनेजुएलामा राजनीतिक संक्रमण छ। अर्को अन्तरिम सरकार नबनुञ्जेल त्यहाँ अमेरिकाले नै शासन चलाउने पनि ट्रम्पले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank