नेकपा स्थापना दिवसको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

दलित अनलाइन बैशाख ९, २०८३

काठमाडौँ —   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने बताइएकाे छ।

NTC

अध्यक्ष ओलीलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो। अध्यक्ष ओली पित्तथैलीको पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन्। हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकलाई आग्रह गरिएको छ। नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank