मुसहर बस्तीमा आक्रमण गर्ने दोषीहरुलाई उम्काउने प्रहरीमाथि कारबाही हुनुपर्छ : दलित अधिकारकर्मीहरु (विज्ञप्तीको पूर्ण पाठ)

दलित अनलाईन २३ श्रावण २०७७, शुक्रबार २३:२४

काठमाडौं– बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहर समुदायमाथि मध्यरातमा भएको सांघातिक आक्रमण गरिएको घटनाप्रति प्रदेश १ का दलित अधिकारकर्मीहरुले घटनालाई वेवास्ता गर्ने प्रहरी अधिकारीहरुलाई कारवाही गर्नुको साथै ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाउन जोडदार माग गरेका छन् ।
१९ साउनको राति मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले सांघातिक आक्रमण पाँच जना घाइते भएका छन् । डर त्रसाबाट आत्महत्या गर्न बाध्य पारिनेहरुलाई दुरुत्साहन मुद्दा दर्ता गर्नुपर्ने माग गदै घटनामा प्रहरी अधिकारीहरुलाई समेत कारबाही हुनुपर्ने दलित अधिकारकर्मीले माग गरेका हुन् ।
शुक्रबार दलित अधिकारकर्मीहरुको संयुक्त बैठकले विज्ञप्ती जारी गदै उनीहरुले भनेका छनः घटनाका योजनाकार तथा मुख्य पीडकहरु चलमलीया यादव, रन्जित यादव र तक्लु यादव लगायतले ऋषिदेव परिवारलाई जातीय छुवाछुतको हिसावले कुटपिट गरि खुलेआम हिडिरहेका छन् । पिडितहरु पन्नालाल ऋषिदेव, सरस्वती ऋषिदेव, रामजी ऋषिदेव, चुन्नु ऋषिदेव, श्याम ऋषिदेव अहिले विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत छन् ।
उनीहरुले पिडितहरुको घाउँ जाचँ गरी यथासिघ्र मुद्दा दर्ता गर्नका लागि जिल्ला प्रहरी कार्यालय सगं जोडदार माग गदै आत्महत्या गर्न बाध्य पारिनेहरुलाई दुरुत्साहन मुद्दा दर्ता गरी मृतक र पिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था दिन समेत माग गरेका छन्
विज्ञप्तीमा भनिएको छ: विधिको शासन र कानूनी राज्यको धज्जी उढाउने गरी भएको यो अमानवीय घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन ढिला सुस्ती गरीयो भने बाध्य भएर शान्ति पूर्ण आन्दोलनको प्रकृयामा जान चेतावनी समेत दिएका छन् । उनीहरुले प्रहरी प्रशासनको आएको घटनालाई प्रहरी अधिकारीकै संग्लनतामा गुन्डाहरु उम्किएको भन्दै घटनालाई वेवास्ता गर्ने प्रहरी अधिकारीहरुलाई कारवाही गर्नुको साथै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाउन जोडदार माग उनीहरुले विज्ञप्तीमार्फत गरेका छन् ।

विज्ञप्तीको पूर्ण पाठ

मिति २०७७ /०४/१९ गते मोरङ जिल्ला, वुढीगंगा गाउँपालिका –२, खार्जीकोहवरा स्थित ऋषिदेव वस्तिमा मध्यरातको समयमा सांघातिक हमला भएको छ । रातको समयमा भएको यो अमानवीय घटनामा संलग्न दोषिहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुको सट्टा प्रहरीले मुद्दा दर्ता नगरी विराटनगर महानगरपालिका वडा नं. १४ का निमित्त वडा अध्यक्ष मोहिचन यादवको रोहवरमा २०७७ /०४/२० गते पिडकहरुलाई वुझाई पठाई र उन्मुक्ति दिने उद्देश्यले कानून कार्यान्वयन गनुपर्ने निकाय मेलमिलाप केन्द्र जस्तो बनेको यस अमानवीय घटनाको हामी भत्र्सना गर्दछौ ।
घटनाका योजनाकार तथा मुख्य पीडकहरु चलमलीया यादव, रन्जित यादव र तक्लु यादव लगायतले ऋषिदेव परिवारलाई जातीय छुवाछुतको हिसावले कुटपिट गरि खुलेआम हिडिरहेका छन् । पिडितहरु पन्नालाल ऋषिदेव, सरस्वती ऋषिदेव, रामजी ऋषिदेव, चुन्नु ऋषिदेव, श्याम ऋषिदेव अहिले विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत छन् । उनीहरुको हामी सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । पिडितहरुको घाउँ जाचँ गरी यथासिघ्र मुद्दा दर्ता गर्नका लागि जिल्ला प्रहरी कार्यालय सगं जोडदार माग गर्दछौ । साथै पिडित उर्मीला ऋषिदेवले घटनामा विक्षिप्त भई आक्रमणको भयले आत्महत्या समेत गरेकी छन् । अहिले मृतकको लाशलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पतालमा राखिएको अवस्था छ । आत्महत्या गर्न बाध्य पारिनेहरुलाई दुरुत्साहन मुद्दा दर्ता गरियोस । मृतक र पिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गरीयोस् । त्यसै गरी घटनालाई वेवास्ता गर्ने प्रहरी अधिकारीहरुलाई कारवाही गर्नुको साथै ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाउन हामी जोडदार माग गर्दछौ ।
विधिको शासन र कानूनी राज्यको धज्जी उढाउने गरी भएको यो अमानवीय घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन ढिला सुस्ती गरीयो भने बाध्य भएर शान्ति पूर्ण आन्दोलनको प्रकृयामा जान हामी बाध्य हुन्छौ ।

ऐक्यवद्धता जाहेर गर्ने मोरङ जिल्लाका दलित अगुवाहरु

१ खेम नेपाली : पूर्व सांसद , राष्ट्रिय सभा
२. ज्ञानकुमार परियार :  केन्द्रिय उपाध्यक्ष , समजवादी शिल्पि विशेष प्रदेश समिति
३. बलराम ऋषिदेव : केन्द उपाध्यक्ष, संघिय शिल्पि दलित सघं
४. जितनारायण सरदार : अध्यक्ष मुक्ति समाज, मोरङ
५. रामकुमार विश्वकर्मा : अध्यक्ष नेपाल दलित सघं, मोरङ
६. उमेश विश्वकर्मा : अध्यक्ष –रिडेफ नेपाल
७.कपिल सुनार : संयोजक ,दलित मुक्ति मोर्चा मोरङ
८. जितेन्द्र  ऋषिदेव : अध्यक्ष ,नेपाल राष्ट्रिय मुसहर सघं मोरङ
६. धमेन्द्र ऋषिदेव :सचिव ,नेपाल राष्ट्रिय मुसहर सघं मोरङ
७. जयराम सुन्दास : अधिवक्ता
८. मञ्जय ऋषिदेव : सह– सचिव ,नेपाल राष्ट्रिय मुसहर सघं मोरङ
९. किशोर विश्वकर्मा : अध्यक्ष , दलित पत्रकार सघं
१०.भद«मान विश्वकर्मा : दलित अगुवा, मोरङ
११. राधा पासवान : उपाध्यक्ष, रिडेफ नेपाल
१२. सम्झना मोते : सह सचिव रिडेफ नेपाल
१३. कुमार मिजार : दलित अगुवा , मोरङ
१४.कुवेर घतानी : दलित सेवा सघं मोरङ
१५. चूडामणी दर्नाल : दलित सेवा सघं मोरङ
१६. गोपाल नेपाली : दलित अगुवा , मोरङ
१७. प्रर्मीला लोकान्द्रि  :  दलित सेवा सघं मोरङ
१८.गोपाल लोकान्द्रि  :  दलित सेवा सघं मोरङ
१९. दिपक सेन्चुरी : ओरेक नेपाल
२०. शेखर कुमार ऋषिदेव : दलित अगुवा
२१. राजु ऋषिदेव : दलित अगुवा
२२.. सखिचन्द्र   ऋषिदेवः दलित अगुवा
२३. गुरुचरण ऋषिदेवः दलित अगुवा
२४. दशी ऋषिदेवः दलित अगुवा
२५. कृष्ण वर्देवा : दलित अगुवा
२६. कृष्ण कुमारी विश्वकर्मा
२७. विमला शिवा : दलित अगुवा
२८ .चुरानसिहं विश्वकर्मा : दलित अगुवा
२९.प्रदिप परियार : दलित अगुवा
३०. जिवन घतानी : दलित अगुवा
३१. प्रकाश परियार : दलित अगुवा
३२. पदम सरदार : दलित अगुवा
३३.सुभाष सरदार : दलित अगुवा
३४. मिना सेञ्चुरी :  दलित अगुवा
३५. रन्जिता परियार :  रिडेफ नेपाल
३६. सतार अंसारी :  तराई मानव अधिकार रक्षक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank