कांग्रेस महाधिवेशन पुस २६–२८मा काठमाडौंमा हुने

दलित अनलाइन मंसिर १५, २०८२

काठमाडौँ — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने निश्चित भएको छ।

पार्टी केन्द्रीय कार्यालयसानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।

कार्यतालिका अनुसार पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय भएको हो। उनले अब विशेष महाधिवेशनको आवश्यकता नरहने पनि बताए।

Shivam Cement

‘१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुप¥यो,’ उनले भने।

आजको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि आजै सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूलाई सहमति जनाउन निर्देशन दिएका थिए । सभापति देउवाले निवासमा बोलाएर पार्टी केन्द्रीय समितिमा आउने महाधिवेशनको प्रस्तावमा सहमति जनाउन आग्रह गरेका थिए।

यसअघि सभापति देउवासहित बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारी र नेतासहितको छलफलले पुस अन्तिम साता महाधिवेशनको तालिका ल्याउने सहमति गरेको थियो।

उक्त सहमततिमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलालगायतले असन्तुष्टी व्यक्त गरेका थिए। देउवाले कार्यवाहक सभापति खड्काले ल्याएको प्रस्तावमा सहमति गर्न असन्तुष्ट नेताहरुलाई सुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank