गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

दलित अनलाइन कार्तिक २७, २०८२

काठमाडौँ —   ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन्।

बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए।

Shivam Cement

‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ। गृह मन्त्रालयले काम गर्न सकेको छैन। उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ,’ उनले भने, ‘उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ। पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन। मलाई त कहिलेकहिले उहाँ(गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ।’

उनले १०–१५ जना फ्याट्ट–फुट्ट छ्टिटा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएरजान नसक्ने खालको रहेको भन्दै आफूहरुले वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank