रुपन्देहीको सैनामैना–१ मा माओवादी विजयी

दलित अनलाईन १ जेष्ठ २०७९, आईतवार १०:४१

रुपन्देही  —  रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका  भुवनसिंह थापा निर्वाचित भएका छन्। उनले २ हजार ३९१ मत प्राप्त गरेका छन्। नेकपा एमालका उम्मेदवारले २ हजार १६९ मत प्राप्त गरे।

सैनामैनामा ५ हजार ८० मत  गणना हुँदा मेयरमा कांग्रेसका फणेन्द्र शर्माले २ हजार २१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्।

एमालेका चित्रबहादुर कार्कीले १ हजार ९४१ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका नारायण महतले २ हजार ३०२ मत प्राप्त गर्दा एमालेकी बिना रानाले २ हजार ११० मत प्राप्त गरेकी छन्।अहिले वडा नं.२ को मतगणना सुरू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank