सोलुखुम्बुमा जिप दुर्घटना हुँदा मृत्यु भएका तीनमध्ये दुईको सनाखत

दलित अनलाइन कार्तिक ७, २०८२

सोलुखुम्बु — सोलुखुम्बुमा जिप दुर्घटना हुँदा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका- ३ छेस्काम बस्ने वर्ष १६ की हबि राई र सोही पालिकानिवासी वर्ष २० की शान्ति राई रहेको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रियापश्चात् मृतकहरूलाई महाकुलुङ आधारभूत अस्पताल बुङ, सोलुखुम्बुमा पठाइएको छ ।  थप एकजना मृतकको पहिचान हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

सोलुखुम्बुको माप्य दुधकोशी– ६ स्थित भिरकुनामा बिहीबार भाइटीकाको साँझ ६:३० बजेको समयमा बागमती प्रदेश ०१-०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार गाडीमा सवार ११ मध्ये दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको थियो भने घाइते भएका ६ मध्ये तीनजनाको मध्यम र दुईजनाको अवस्था सामान्य छ । चालकको अवस्था गम्भीर छ । अन्य दुईजना भने सकुशल छन्। घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई छन्।

दुर्घटनामा परेर घाइते भएकाहरूमध्ये १६ वर्षीया समया राई र १० वर्षीय उमेश राई उपचारपश्चात् डिस्चार्ज भएका छन् । अन्य घाइतेहरू चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई र सजना राईलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank