एकै घरका ८ जना दलित परिवार पहिरोमा पुरिए

प्रेम सुनार ८ श्रावण २०७६, बुधबार १२:१५

गुल्मी – गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ८ जना दलित परिवारको मृत्यु भएको छ ।
सत्यवति वडा ४ मा पर्ने लिम्घामा एकै घरका ८ जना दलित परिवारको मृत्यु भएको हो । वडा ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् ।  लिम्घामा मृत्यु भएका एकै घरका ७० वर्षीय छल्ली विक, २९ वर्षीय पम्फा विक, ३२ वर्षीय निर्मला विक, १२ वर्षीय अंजली विक, ५ वर्षीय हेमन्त विक, ९ वर्षीय शिवानी विक , ७ वर्षीय तारा विक र डेढ वर्षीय सुमन विक छन् ।


पहिरोमा परेका ८ वर्षीया तारा विक र ६ वर्षीय सुमन विकको शव भने निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए । वडा नम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ ।


ठूलो लुम्पेमै रुद्र विकको घर पनि पहिरोले पुरेकोे छ । पहिरोमा परी ४० वर्षीया मायाँ विक र १६ वर्षीय गवि विक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् । उद्धारका लागि प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank