काे बन्ला नेपाल आइडल ?

दलित अनलाईन १६ मंसिर २०७५, आईतवार २०:३८

दलित अनलाईन डेक्स

काठमाडौ–अहिले नेपाली संगीतप्रेमीका मन–मनमा बस्न पुगेका छन यी पाँच नाम । रवि ओड विक्रम बराल, अमित बराल, अस्मिता अधिकारी र सुमित पाठक । सबैको मनमा एउटै जिज्ञासा छ– यी पाँच मध्ये को बन्ला ‘नेपाल आइडल’ ?
देशकै सबैभन्दा ठूलो रियालिटी सो नेपाल आइडलका उत्कृष्ट पाँचमा परेका प्रतिस्पधीसँगै दर्शकहरु समेत विभाजित हुन थालेका छन् । दर्शकसँगै भूगोल र प्रदेश समेत विभाजित छ,नेपाल आइडल बनाउने निहुँमा  । दर्शकहरुको भोटिङलाई पहिलो आधार बनाएर प्रतिस्पर्धा गराउने ठूलो रियालिटी सो कार्यक्रम हो, नेपाल आइडल ।
यही नेपाल आइडलको चुन्ने चुनाउने भोटिङ प्रतिस्पर्धाका विभिन्न अभियान जारी छ ।  विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको फाइलन यात्रामा पुगेका कञ्चनपुरका रवि ओड, पोखराका विक्रम बराल, बुटवलका अमिल बराल, झापाका सुमित पाठक र झापाकी अस्मिता अधिकारी घनिष्ट मित्र हुन् । छ महिनायता उनीहरू सँगै सुत्छन सँगै खान्छन, सँगै गाउँछन् । व्यक्तिगत रूपमा उनीहरूबीच जति मित्रता छ, सांगीतिक रूपमा भने कडा प्रतिस्पर्धा छ । अबको एक महिना उनीहरु अझै सँगै बस्ने छन् ।
छ महिनायता नेपाल आइडल हेरिरहेका देश–विदेशका नेपाली दर्शकलाई यी पाँच प्रतिस्पर्धीको असाध्यै चासो र चिन्ता छ । उनीहरूका विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा भएका छन् । अब केही दिनमा उनीहरुको देशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमहरुमा उपस्थित हुनेछन् । त्यहाँ दर्शकले देखाएको ‘क्रेज’का आधारमा उनीहरू नेपाली सांगीतिक क्षेत्रका ‘स्टार’ बने पक्का हुनेछ ।
यी पाँचमध्ये को बन्ला नेपाल आइडल ? सामाजि संञ्जाल र भोटिङका लागि थालिएका अभियान चर्चा कस्तो छ ।

रवि ओड : सुदूरपश्चिमको ‘धनगढी अडिसन’ बाट नेपाल आइडलमा प्रवेश गरेका रवि प्रस्तुती निकै राम्रो छ । त्यही राम्रो प्रस्ततीका कारण उनले जर्ज र दर्शकहरु समेत राम्रो भोट पाइरहेका छन् । उनी अहिलेसम्म ‘डेन्जर जोन’ परेका छैनन् । रवि ओडले गाएका गीतले स्रोता–दर्शकको मन सजिलै जितिरहेका छन् । ‘नेपाल आइडल’ बनाउन रविलाई दर्शकहरुले देश–विदेशबाट भोट गरिरहेका छन् । थाइल्याण्ड, हङकङ, क्यानडा, फिलिपिन्स, भारतसँगै मलेसिया, कतार, अमेरिकाबाट रविलाई भोट आइरहेको छ । सिग्रो सुदूरपश्चिम रवि जिताउ अभियानमा लागेको छ ।

विक्रम बराल : पोखरा अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका विक्रम दर्शक र स्रोताले अत्यधिक रुचाएका प्रतियोगी हुन् । उनले दर्शकहरुको मन सजिलै जित्ने गरेका छन् । उनले जुनसुकै गित पनि उत्कृष्ट तरिकाले गाउने गरेका छन् । तर भोटको तुलनामा रविको भन्दा निकै काम भोट पाउने गरेका छन् । यतिवेला विक्रम बराल जिताउन पोखराम अभियान संचालन गरिएको छ । मलेसिया, कतार, अमेरिका, हङकङ, क्यानडाबाट भोट पाएका उनलाई पोखराका विभिन्न कलेजहरुले भोटिङका लागि अभियानमा दिनरात लागेका छन् ।

अमित बराल : बुटवल अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका अमित बरालको आवाज निकै दमदार छ । यही दमदार आवाजका कारण जर्ज र दर्शकहरुले समेत अमित बराललाई भोट दिइरहेका छन् । सानै उमेरबाट गीतसंगितमा आफ्नो लक्ष्य बनाएका अमितलाई नेपाल आइडल बनाउनका लागि समाजिक संञ्जाल र बुटवलमा अभियान संचालन गरिएको छ । देश विदेशबाट समेत राम्रो भोट पाएका उनलाई बुटवलका गाउँपालिक मेयरहरु नै अभियान संचालन गरेका छन् ।

सुमित पाठक : झापा अडिसनबाट नेपाल आइडलका यात्रा तया गरेका स्वरका धनी सुमित पाठक उत्कृष्ट प्रतिपस्र्धी हुन् । सुमितलाई ‘नेपाल आइडल’ बनाउन उनका समर्थकले विषेश साथ दिइरहेका छन् । हजारौंले उनलाई देश –विदेशबाट भोट गरिरहेका छन् । तर झापाबाट अर्की प्रतियोगी अस्मिता अधिकारी पनि भएकै कारण सुमितको भोटमा केही फेरबदल आएको छ । तर उनको गाउने शैली नै दर्शकहरुले मन पराएका छन् । उनलाई नेपाल आइडल बनाउनका लागि भोट फर सुमित अभियान संचाल भइरहेको छ ।

अस्मिता अधिकारी : अस्मिता अधिकारी झापा अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेकी हुन् । उनको नेपाल आइडल यात्रासँग उत्कृष्ट प्रस्तुती दिदैं आएकी छन् । अधिकारीले दर्शकहरु मन जित्न सफल भएकी छिन् । सामाजि संञ्जाल र भोटिङ अभियानमा उनी निकै अघि छिन् । त्यसकारण उनका समर्थकहरु धेरै छन् । उनी नेपाल आइडलमा राम्रो भोट ल्याउने प्रतियोगी हुन् । दोस्रो नेपाल आइडल महिला हुनुपर्छ भन्ने कयौंको सपना साकार गर्ने जिम्मा स्रोता–दर्शकको हातमा भएका कारण पनि उनले राम्रो भोट पाएको सहजै अनुमान गर्न सकिन्छ । स्वरसँग दर्शकहरुले रुचाएको कारण र पाएको भोटको कारण उनी नेपाल आइडल पनि बन्न सक्छिन् । अस्मितामा मनछुने गीत गाउनसक्ने क्षमता राम्रो छ । अहिलेसम्म गाएका उनका गीतले स्रोता–दर्शक खुसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank