अफगानिस्तानमा भूकम्पबाट ६१० जनाको मृत्यु, १३ सय बढी घाइते

दलित अनलाइन भदौ १६, २०८२

काठमाडौं — अफगानिस्तानमा भूकम्पमा परेर ६ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ । तालिबानको गृह मन्त्रालयका अनुसार पूर्वी अफगानिस्तानमा आएको भूकम्पमा परेर ६१० जनाको मृत्यु भएको छ भने अन्य १३ सयभन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ ।

भूकम्पबाट ठूलो मात्रामा घरहरू भत्किएका कारण मृतक तथा घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ । अफगानिस्तानको नाङ्गरहार र कुनार प्रान्तमा आइतबार राति करिब १२ बजे ६.३ म्याग्निच्युडको भूकम्प आएको थियो ।

करिब ८ किलोमिटर गहिराइबाट आएको भूकम्पले ठूलो जनधनको क्षति भएको हो । यो भूकम्पलगत्तै ४.५ र ५.२ म्याग्निच्युडका दुई भूकम्प आएका थिए ।

भूकम्पको झट्का राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो । भूकम्पबाट कुनार क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ, जहाँको करिब ९० प्रतिशत जमिन पहाडी क्षेत्रमा पर्छ ।

भूकम्प प्रभावित इलाकातर्फ जाने सडक साँघुरा छन् भने केही सडक भूस्खलनका कारण बन्द भइसकेका छन् । तालिबान अधिकारीहरूले पीडितको उद्दारका लागि सीमित संसाधन रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरेका छन् । घाइतेहरुलाई उपचारका लागि ल्याउन हेलिकोप्टरसमेत नभएका कारण प्रभावित इलाकामा थप समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank