काठमाडौं — नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।

विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।

गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान हुन्। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन्।
नेपाल आइडलको अडिसनमा उनले देउडा गीत ‘डोली चढाई लैजान्या हो सुवा’ गाएर निर्णायकहरूको मन जितेकी थिइन् । निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले उनको सुरिलो र मौलिक स्वरको खुलेर प्रशंसा गरेका थिए।
गंगाले प्रतियोगितामा प्रवेश अघि ‘बेलबटम’ गीत गाइसकेकी थिइन्। अमृत भारतीको शब्द र रामकुमार नेपालीको सङ्गीत रहेको यस गीतमा गंगासहित रामकुमार नेपाली र सञ्चिता नेपालीको स्वर छ।
सिन्धुपाल्चोककी गंगाको अब नेपाली सङ्गीत क्षेत्रमा आफ्नो यात्रा नयाँ उचाइमा पुर्याउने ढोका खुला भएको छ । उसो त सङ्गीतलाई जीवनको लक्ष्य बनाउने उद्देश्यसहित केही महिनाअघि मात्रै गंगा काठमाडौँ प्रवेश गरेकी थिइन् ।



























Leave a Reply