रविलाई न्याय माग्दै उच्च अदालत पुगिन् निकिता

दलित अनलाइन भदौ ९, २०८२

काठमाडौं —  रास्वपा सभापति रवि लामिछानेलाई बिगो बराबरको धरौटीमा रिहा गर्न माग गर्दै पत्नी निकिता पौडेल उच्च अदालत बुटवल पुगेकी छन्।

यसअघि जिल्ला अदालतले सोही माग अस्वीकार गरेपछि सोमबार निकिता उच्च अदालत पुगेकी हुन्। उच्च अदालतमा पुनरावेदन गरेपछि निकिताले भनिन्, ‘बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो।’

निकिताले थुनामा रहेका रविको जीवन असुरक्षित रहेको दाबीसमेत गरेकी छन्।

उनले भनेकी छन्, ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन। भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन। यिनीहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनीहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन।’

आफैंले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका छन्? भन्दै निकिताले प्रश्न गरेकी छन्।

‘मेरो श्रीमान भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ।’ तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु,’ निकिता भन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank