छुवाछुत अन्त्यका लागि ‘नेपाल पदयात्रा २०१९’काे तयारी पूरा

दलित अनलाईन २९ फाल्गुन २०७५, बुधबार २३:४७

विहिबार २: ३० बजे हरिहरभवनस्थिति राष्ट्रिय सहकारी विकास बोर्डको सभाहलमा पत्रकार सम्मेलन

 

काठमाडौं-देशका प्रत्येक कुनाकुनाबाट जातीय विभेद र हरेक प्रकारका छुवाछुतको सदाका लागि व्यवहारिक अन्त्य गर्न व्यक्ति र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘नेपाल पदयात्रा २०१९’ हुने भएको छ । यो पदयात्रा अभियन्ताद्धय होमराज आचार्य र अशोक दर्नालले शुरु गर्ने भएका हुन् ।

जातीय छुवाछूत अन्त्यका लागि पदयात्रा २०१९ को तयारी काम सबै पूरा भएको अभियान आयोजक समितिले जनाएको छ । अभियानले विहिबार २: ३० बजे हरिहरभवनस्थिति राष्ट्रिय सहकारी विकास बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरी अभियानको सम्पूर्ण जानकारी गराउने अभियान आयोजक समितिले जनाएको छ ।


अभियान आयोजक समितिले अभियानको सम्पूर्ण जानकारी छिनछिनमा दिने गरी जातीय छुवाछूत अन्त्यका लागि पदयात्रा २०१९ नामक नयाँ वेभसाइट समेत पत्रकार सम्मेलनबाट संचालनमा आउने जनाकारी दिएको छ ।
आयोजक समितिले अनुसार पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । यात्राका क्रममा देशव्यापी रुपमा स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग सम्बन्धीत सरकारी निकायसँग अन्तक्र्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।
सबै वर्ग, समुदाय, जातजातीले हरेक प्रकारको छुवाछुतको अन्त्य गर्न आफुबाट शुरु गर्नुपर्छ भन्ने जागरण फैलाउने गरी अभियान रुपमा पदयात्रा गर्न लागेको बताएको छ । आफ्नो घर छिमेकबाट परिवर्तन नगरेसम्म कानुनका ठेलीले मात्र छुवाछुत जस्तो अमानविय कार्यको अन्त्य नहुने देखेर मेची–काली पदयात्रा गर्न लागेको अभियान्ता हो मराज आचार्यले बताए । उनले भने, – ‘पदयात्राका क्रममा हरेक समुदाय र वस्तीहरुमा हजारौं नागरिकसंग भेट्ने छौं, र यो अभियानमा सबैलाई सामेल गरेर अघि बढ्ने हाम्रो अभियान हो ।’ ‘नेपाल पदयात्रा २०१९’ मार्च १५ देखि शुरु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank