गायक रैगाईँको पहिलो गीत ‘भाग्य’ सार्वजनिक (भिडियोसहित)

दलित अनलाईन २० जेष्ठ २०७८, बिहीबार २२:०३

काठमाडौं—  प्रतिभाशाली गायक जयन्द्र रैगाईँको पहिलो गीत ‘भाग्य’ सार्वजनिक भएको छ । राजधानीमा मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका गायक रैगाईँले पहिलो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । उनले लकडाउनकै बीचमा उक्त गीत रेकर्ड गरिएकाले भिडियोमा खासै मेहनत गर्न नपाएको बताए । अरुका लागि थुप्रै गीत लेखिसकेका उनले यस गीतको शब्द पनि आफैले लेखेका हुन्। म्यूजिका ल्याबोरेटरी माछापोखरीमा रेकर्डिङ गरिएको गीतको एरेन्जिङ र मिक्सिङ दिप्सन श्रेष्ठले गरेका हुन् । गीतको भिडियो दिप्सन श्रेष्ठ र तेन्जुले खिचेका हुन् भने भिडियो सम्पादन पनि दिप्सन श्रेष्ठले नै गरेका हुन् ।

नवगायक रैगाईँले आफ्नै आवाजमा गीत रेकर्ड गर्ने सपना सानैदेखि भएपनि बल्ल पूरा गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनी नृत्यमा पनि पोख्त छन् । चर्चित नृत्य निर्देशक देवु वरासँग नृत्यकला सिकेका उनले वरासँगै राजधानी काठमाडौं तथा सुदूरपश्चिका थुप्रै स्टजेमा कोरस नाचिसकेका छन् । केही वर्षअघि उनले थारु भाषाको गीत ‘तु नजर जुझैलो’ मा समेत अभिनय गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank