सगरमाथा संवाद सुरु : समारोहमा स्वदेशी र विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता

दलित अनलाइन जेष्ठ २, २०८२

काठामडौं — ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन्।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छिन् ।

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।  जलवायु परिवर्तनका विषयमा नेपालले पहिलोपटक याे कार्यक्रम आयोजना गरेकाे हाे । कार्यक्रम तीन दिनसम्म विभिन्न सत्रमा छलफल हुनेछ ।

यस कार्यक्रममा सहभागी विदेशी प्रतिनिधिमण्डललाई माउन्टेन फ्लाइटमा लैजानेसमेत व्यवस्था मिलाइएको छ । सगरमाथा संवादलाई समाधानको मञ्च, आशाको मुहान र भविष्यका लागि शक्ति बनाउन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank