स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री

दलित अनलाइन चैत्र २८, २०८१

काठमाडौँ—  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार स्थिरता र स्थायित्वका लागि बनेको बनेको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘अहिलेको सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । सुशासन र विकासका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो अहिलेको सरकारको’, प्रधानमन्त्री ओलीले भने, ‘अस्थिरता हुन नदिएर स्थिरता र स्थायित्व दिने ।’

Laxmi sunrise bank 2034

भ्रष्टाचारको न्युनीकरणसहित सुशासनको सेवा प्रवाह कसरी गर्ने भनेर नै मुलुकमा तीन तहका सरकारहरू बनेको भन्दै प्रधानमन्त्रीले सङ्घीय प्रणालीको विशेषता नै सेवा प्रवाह भएको बताए । त्यसक्रममा उनले अध्यादेशमार्फत सरकारले कानुनहरू बनाएको भन्दै अब मुलुकको अर्थतन्त्र सही ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रको सहकार्य कस्तो हुनुपर्छ भनेर नमुनाका रूपमा अघि बढेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank