ओली र देउवासँग वार्ताअघि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

दलित अनलाइन चैत्र ११, २०८१

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्।

सोमबार अपराह्न प्रचण्ड शीतल निवास पुगेका प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच छलफल हुँदैछ। त्यसअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

तीन नेताहरूको भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank