काठमाडौँ — बङ्गलादेशमा आरक्षण (कोटा) विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेकाे छ।
बुधबार सूचना जारी गर्दै दूतावासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो।

‘बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण वङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ’, सूचनामा भनिएकाे छ।
साथै, कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा यस दूतावासमा सम्पर्क र समन्वय गर्न अनुरोध गरिएकाे छ।
बंगलादेशमा सरकारी जागिरमा रहेको आरक्षण को विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन्। आन्दोलनका क्रममा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू रहेका छन्।




























Leave a Reply