हरवाचरवा मुक्ति स्थानीय सरकारले गर्न सक्छ : नगरप्रमुख

दलित अनलाईन १० कार्तिक २०७५, शनिबार १०:११

 

धनुषा– शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरियाले दासत्वको रुपमा रहेको हरवाचरवा जस्ता सामन्तवादका अवेशषहरुलाई जनताबाट निर्वाचित स्थानीय सरकारले सहजै उन्मुलन गर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय दलित नेटवर्कले आयोजना गरेको हरवाचरवा मुक्ति र पुनःस्थापनाका लागि जनप्रतिनीधिहरुको प्रतिबद्धता ः शहिदनगर नगरपालिकाका जनप्रतिनीधि तथा हरवाचरवाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै बरबरियाले हरवाचरवा अहिले पनि हाम्रो नगरपालिकामा अर्धदासको रुपमा बाँचिरहेका छन् भन्दा गणतन्त्रमा लज्जाबोध हुने स्वीकार गर्दै आफूहरुले उपयुक्त समय पारेर मुक्तिको घोषणा गर्ने बताएका हुन् ।
बहुसंख्यक सीमान्तकृत जनताको मतबाट निर्वाचित भएको हुनाले मैले सर्वप्रथम ती बहुसंखयक जनताको हितमा निर्णय गर्नेछु तर मलाई अझै तिनै जनताले साथ सहयोग दिनुपर्दछ । हामीले बनाएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन प्रहरी र प्रशासनले होइन जनता स्वयंले गर्नुपर्ने बरबरियाको तर्क थियो ।
नगरपालिकाका प्रमुख बरबरियाले हरवाचरवाको तथ्यांक संकलन गर्ने, प्रमाणीकरण गर्ने र पुनःस्थापनाको प्याकेज बनाउने प्रतिबद्धता जाहेर गर्दै यसकामका लागि स्थानीय गैससहरुलाई सहयोग गर्न समेत आव्हान गरे ।
कार्यक्रममा हरवाचरवाको मुक्ति र पुनःस्थापनामा स्थानीय सरकारले खेल्न सक्ने भूमिकाका विषयमा राष्टिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष तथा मानवअधिकारवादी नेता गणेश वि.के.ले अवधारणा पत्र पेश गरेका थिए । वि.के.ले हरवाचरवाहरु जातीय छुवाछूत, श्रमशोषण, एलानीमा जमिनमा बसोवास गर्नुपर्ने, राजनीतिक दलहरु र जनप्रतिनीधिहरुलाई यो मुद्दालाई सामन्य रुपमा लिने गरेको., स्थानीय सामाजिक आन्दोलन तथा क्लवहरुसमेत यस मुद्दामा चिन्तित नभएको तथ्य प्रस्तुत गर्दै हरवाचरवाकातर्फबाट ५ वटा मागहरु राखेका छन् ।
हरवाचरवाका सम्झौताहिन मागहरु
. राज्यकातर्फबाट अनुचित क्रणको खारेजी सहित मुक्तिको घोषणा गरिनुपर्ने ।
२. हरवाचरवाको तथ्याँक संकलन सहित परिचय पत्र दिनुपर्ने ।
३. पुनःस्थापनाका लागि ५ कठ्ठा जमिन दिनुपर्ने ।
४. उनीहरुलाई काम, ज्याला, समानता र स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने
५. उनीहरु जहाँ जति संख्यामा छन् हरेक तहमा अर्थपूर्ण समावेशीकरण ।

प्रस्तुत ५ वटा मागहरु पूरा गर्न स्थानीय सरकारलाई कुनै संविधान, कानून र निर्देशिकाले नरोक्ने सुझाव दिदै आगामी निर्वाचनमा अर्धदासबाट होइन स्वतन्त्र नागरिकको मत पाएर विजय हुन अनुरोध गरे । अवधारणामा मुक्त हलिया तथा मुक्त कमैयाका पुनःस्थापनाका अनुभवहरु पनि समावेश गरिएको छ ।
उक्त कार्यक्रममा शहिदनगर नगरपालिकाका उपप्रमुख शिलादेवी कापड, वडा नंबर ४ का अध्यक्ष कन्हैया मुखिया, वडा नंबर ५ का अध्यक्ष रामरतन पासवान, वडा नंबर ६ का अध्यक्ष रामएकमाल मण्डल, स्थानीय समाजसेवी हलखोरी कापडलगायतले आफूहरुले हरवाचरवाको मुक्तिको घोषणा गर्ने र प्रभावकारी पुनःस्थापना गरेर देखाउने कुरामा जोड दिएका थिए ।


कार्यक्रममा द फ्रिडम फण्डका सल्लाहकार तथा अधिवक्ता बालाराम भट्राईले नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुले जाहेर गर्नु भएको प्रतिबद्धताले आफूलाई आशावादी बनाएको बताउँदै हरवाचरवा भनेका आधुनिक दास हुन यिनको मुक्तिसंग मानवअधिकार जोडिएको कुरालाई सबैले आत्मबोध गर्नुपर्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank