पाँच लाख राशी सहित अन्तर्राष्ट्रिय दर्नाल अवार्डबाट अभियन्ता सरस्वती नेपाली पुरस्कृत

दलित अनलाईन ३० श्रावण २०७५, बुधबार २३:५७

काठमाडौ– सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड ’ बैतडीकी अभियन्ता सरस्वती नेपालीले पाउनुभएको छ ।
बुधबार राजधानीको राष्ट्रियसभा गृहमा एक विशेष समारोहबीच दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पु¥याएको योगदानको सम्मान र कदर गर्दै नेपालीलाई यस वर्षको अवार्ड प्रदान गरिएको हो । उहाँलाई नगद पाँच लाख रुपियाँ र कदरपत्रसहित सम्मान गरिएको हो ।
‘दर्नाल अवार्ड’ आम मानिसले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको सम्मान गर्ने उद्देश्यले सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालको सम्झनामा स्थापित  अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो ।

दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीसँगै अन्य अभियन्ताहरूमा डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा रुपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गरेको छ ।
दर्नाल अवार्ड समारोहमा कलावती भाँडलाई राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले , संस्कृतिविद् सत्यमोहन जोशीले दिलिप गन्धर्वलाई , अरुण दासलाई ल्यामबहादुर दर्जीले , पार्वती कुमारी विशंखेलाई मिठाइदेवी विश्वकर्मा र डा रुपचन्द्र विश्वकर्मालाई डा भगवान कोइरालाले कदरपत्र सहित सम्मान गुर्नभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank