गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

दलित अनलाईन ३१ बैशाख २०७९, शनिबार १६:२०

पोखरा — गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ। यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ। हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेकाे छ।

कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ। अरु पार्टीले यहाँ जितेका छैनन्। एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा अध्यक्ष जितेको छ।

कांग्रेसले मनाङको नासों, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष जितेको छ।

यसअघि कांग्रेसले जितेको लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा एमालेले इन्ट्री गरेको छ भने यसअघि एमालेले जितेको घरपझोङमा सोटै कांग्रेस विजयी भएको छ। पाँच पालिका रहेको मुस्ताङको थासाङमा गणना भैरहेको छ। यसअघि यहाँ कांग्रेसले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank