कोहलपुरमा आइपुग्याे महाकाली-मेची पदयात्रा टोली (फोटो फिचर )

दलित अनलाईन १३ चैत्र २०७५, बुधबार २३:२४

कोहलपुरमा शुक्रबार पदयात्रीलाई नगरपरिक्रम गरी विशेष कार्यक्रम गरिने ।

कोहलपुर– जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित सुरु भएको महाकाली –मेची पदयात्राको टोली बाँकेको कोहलपुरमा आइपुगेको छ ।
चैत ३ गतेबाट सुरु गरिएको महाकाली–मेची पदयात्राको टोली १० औँ दिनमा बाँकेको कोहलपुर आइपुगेको हो ।
पदयात्रीहरुले नगरपालिकाभित्रका विभिन्न सरोकारवाला निकाय र स्थानीय समुदायसँग संवाद समेत गर्दै आएको छ । पदयात्रीहरुले करिब १७ बस्ती, नगरपालिका ,गाउँपालिका वडा कार्यालयहुँदै ८ हजार भन्दा बढी आम जनतासँग प्रत्येक्ष संवाद गदै अघि बढेको हो । पदयात्राको टोली दलित र गैर दलितबीच
विद्यमान विभेदका घटनाहरुको अवलोकन अध्ययन गदै स्थानीय स्तरमा गर्न सकिने समधानका उपायहरु समेत संवादका माध्यबाट पहिचान गदै अगाडि बढेको अभियन्ता होमराज आचार्य बताए ।


पदयात्रीले कोहलपुरसम्म आइपुग्र्दा २ सय ५१ किलोमिटर दुरी पार गदै ३ लाख १२ हजार ६ सय ३ पाइला हिडिसकेका छन् ।
पदयात्री विभिन्न वस्तीवस्तीमा पुग्दै सरोकारवालाहरुसँगै संवाद समेत गर्ने गरेका छन् । टोलीले विहिबार बाँकेका दलित अगुवा र सरोकार निकायसंग भेटघाट र छलफल गर्ने  अभियन्ता अशोक दर्नालले जानकारी दिए । कोहलपुरमा शुक्रबार पदयात्रीलाई नगरपरिक्रम गरी विशेष कार्यक्रम गरिनेछ ।
पदयात्राका क्रममा नगरपालिका ,गाउँपालिका र प्रहरी प्रशासनबाट राम्रो सहयोग भएको र हजारै स्थानीय बासिन्दाहरुले सहयोग र समर्थन गरेको अभियन्ता रिता परियारले बताइन् ।
कानुनबाट जातीय छुवाछूत हटेको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि व्यवहारमा छुवाछूत अझै अन्त्य हुन सकेको छैन ।
जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित महाकाली–मेची पदयात्रा होमराज आचार्य ,रिता परियार र अशोक दर्नाल छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank