कान्छी उपाध्यक्षकी प्रत्याशी निसु विश्वकर्माको उद्घोष : चुनाव जितेर इतिहास रच्छु

दलित अनलाईन २६ बैशाख २०७९, सोमबार १२:३९

बागलुङ  —  उमेर भर्खरै बीस कटेर २१ मा पाइला टेकेकी छन् । हेर्दा पनि उनको उमेरमा कुनै परिपक्व आएको जस्तो देखिदैन् । तर उनीभित्र जोस जाँगर परिपक्वताले निखारिएको छ । सामान्य गरिब तथा दलित परिवारकी  निसु विश्वकर्माको मन भने निकै उदार र क्रान्तिकारी छ । त्यही क्रान्तिकारी छविकै कारण उनलाई शासन सत्तामा पुग्ने आँट र भरोसाको परिक्षण यही वैशाख ३० गते हुनेछ । बागलुङ जिल्ला तमानखोला गाउँपालिकाकी उपाध्यक्षको उम्मेदवार बनेकी  निसु विश्वकर्मा दिनरात चुनावी प्रचार प्रसारमा व्यस्त छिन् ।

सम्भवत निशु गाउँपालिकामा उम्मेदवार दिने देशभरीकै कान्छी उपाध्यक्षकी उम्मेदवार हुन् । तमानखोला २ बोगनीखानीकी निसुलाई यति सानै उमेरमा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार माओवादी केन्द्रले बनाएको हो ।

६० प्रतिशतभन्दा बढी जनसंख्या दलित समुदायको रहेको यो भेगमा शासन भने दलित समुदायले कहिल्यै गर्न पाएनन् । ‘अहिलेसम्म राजनीतिक चेतना, शिक्षा र अन्य विभिन्न कारण राजनीतिको मुलधारमा आउन पाएनन् । अब भने हामी जस्ता सचेत युवाले नेतृत्व गर्नुपर्छ भनेर राजनीतिमा आए , निसुले भनिन् ।’

तमानखोला गाउँपालिकामा यसपाली नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा यसअघिका गाउँपालिका अध्यक्ष बनिसकेका नेपाली काँग्रेसका जोकलाल बुढा, माओवादी केन्द्रका देव पुन र एमालेका देवेन्द्र छन्त्याल उठेका छन् ।  निसु र कांग्रेसकी हिराकुमारी छन्त्यालबीच प्रतिस्पर्धा हुनेछ । एमालेले यो ठाउँमा उपाध्यक्षमा कुनै पनि उम्मेदवार बनाएको छैन ।

सानै उमेरबाट सक्रिय रहेकी निसुमा हरेक कुरा सिक्नुपर्छ भन्ने कौतुहलता थियो । उनलाई विस्तारै राजनीतिक चेत आयो र माओवादीको संगठित सदस्यता लिएर संगठन बनाउने, विभेद र असमानताबारे कुरा उठाउँदै अगाडी बढ्दै गइन् । “ यसपाली जित्ने सम्भावना रहेको उनी बताउँछिन् ।

तमानखोलाको विकासमा योगदान दिने उद्देश्य सहित अहिले उनी आफ्नो प्यानल जिताउन चुनावी अभियानमा निकै सक्रिय भएर लागि परेकी छन् । पार्टीले अवसर दिएको छ , जसरी पनि जितेर इतिहास लेख्छु निसुले सुनाइन् ।

ब्याचलर दोस्रो वर्षमा पढ्दै गरेकी निसुकी आमा गृहणी हुन् भने बाबा स्थानीय विद्यालयका शिक्षक हुन् । जिल्लाभर पाँच दलीय गठबन्धन भए पनि यो ठाउँमा भने तीन दल एकल रुपमा भिडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank