सरकार मानव अधिकारप्रति पूर्ण प्रतिवद्ध छ : सञ्चारमन्त्री

दलित अनलाईन २४ मंसिर २०७७, बुधबार २३:५५

१२ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु

काठमाडौँ— सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् ।
मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री गुरुङले सरकार सधै नागरिकको मानव अधिकारको रक्षाको निम्ति प्रतिवद्ध रहेको बताएका हुन् ।
“जनताको मानव अधिकारको सुनिश्चित गर्न चाहान्छ, सरकार सधै सबै नागरिकक सुरक्षा, शान्ति र प्रगतिका लागि काम गरेको छ,” सरकारका प्रवक्ता समेत रहेको मन्त्री गुरुङले भने,“मानव अधिकारलाई सुरक्षित गर्न सरकार सदा तयार छ, नागरिकको बाँच्नु पहिलो कुरा हो मानव अधिकार हनन् मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने त छदैछ, अहिले कोभिडबाट बाँच्ने भन्ने कुरा मुख्य छ, त्यसबाट बचाउनका लागि सरकारले भरपुर प्रयास गरिरहेको छ ।”
उनले अहिले कोभिडको भ्याक्सीन पनि आउन लागेकोमा खुशी व्यक्त गर्दै खोपलाई विकसित, विकासन्मुख, अल्पविकसित र विकासन्मुख देशले पनि यसको लाभ लिन सकोस भन्नेमा सबै मानव अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।
मुलुकको विकासका र समृद्धिका लागि सरकारले गर्नुपर्ने कामका सूची उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै उनले समाजका सबैले मानव अधिकारको सूचना पाउने हकको उपभोग गर्न इन्टरनेट सेवालाई गाउँ–गाउँ र जनता–जनताबीच पु¥याउने अभियानमा सहयोग गर्न आग्रह गरे ।
“जिडिटल नेपालको अभियान नेपाल सरकारले ल्याएको छ, सूचना प्राप्तगनु जनतको अधिकार हो” मन्त्री गुरुङले भने,“ यो अभियानमा मानव अधिकारकर्मीहरुलाई सहयोग गर्न आग्रह गर्छु ।”

राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराइले आयोगले मानव अधिकारको सचेतना कसरी जनाउन सकिन्छ र घर–घरमा मानव अधिकार कसरी पु¥्याउन सकिन्छ भनेर काम गरिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५ औँ योजनाको नीति तथा कार्यक्रम मानव अधिकारमा आधारित विकासका दस्तावेज भएको उल्लेख गर्दै विकास, सामाजिक रुपमान्रणसँग जोडिएको भएको जानकारी दिए ।

मानव अधिकार महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईले मानव अधिकार हरेक नागरिकको घर–घरमा लैजाने तथा शान्ति सम्झौताका बाँकी कुरा पूरा गर्ने उद्देश्यले महाभेलाको सुरुवात गरेको बताए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, महिला अधिकारकर्मी डा रेणुराज अधिकारी लगायतले विश्वमा खोप नेपालमा चिन्ताको विषय भएको र मानव अधिकार रक्षाका लागि लाग्न आग्रह गरे ।
नेपालका लागि युरोपियन युनियन राजदूत नोना डेपे्रज ले विश्वभरी कोभिडका कारण मानव अधिकार संकटमा परेको हुँदा सबैले मिलेर मानव अधिकारको रक्षा गर्नुपर्ने धारणा राखे ।

एसिड पीडित मुस्कान खातुनले एसिड आक्रणमा परेका महिलाको अधिकारको रक्षा गर्न बनेको कानूनको प्रभावकारी कार्यान्वयन गरी समाजमा चेतना ल्याउनुपर्ने माग गरिन् ।

मन्त्री गुरुङले मानव अधिकारसम्बन्भी वेवसाईड www.hrmagnameet.com को समेत उद्घाटन गरे ।

 

मानव अधिकार महाभेला राष्ट्रिय सम्मान भद्रमान घलेलाई
महाभेलाले मानव अधिकार राष्ट्रिय महाभेला सम्मान, २०७७ द्धारा सामाजिक न्यायका लागि निरन्तरण काम गरेका भद्रमान घलेलाई प्रदान गरेको छ ।
त्यस्तै, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार, २०२० द्धारा पूर्वसमामुख तथा मानव अधिकारकर्मी दमननाथ ढुगानालाई रु ५० हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको छ । शान्तलक्ष्मी श्रेष्ठ राष्ट्रिय महिला मानव अधिकार पुरस्कार, २०२० द्धारा रोक्का मगरलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कार छनोट समितिका संयोजक समाज कल्याण परिषद्का उपाध्यक्ष डा पद्मप्रसाद खतिवडाले मानव अधिकारका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका तीन व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको जानकारी दिए ।
बहत्तरौँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा “महामारीमा मानव अधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार” राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ देशभर मनाईने भएको छ । महाभेलाको पाँचदिन कार्यक्रमको पहिलो दिन आज उद्घाटन गरी सुरु गरिएको हो ।
महाभेलाका संयोजक गोविन्दबहादुर शाहीले कोभिडका कारण नेपालमा पनि साढे दुईलाख मानिस संक्रमित र करिब १७ सयले ज्यान गुमाएका अवस्था भएको हुँदा जीवन रक्षाका लागि सबैलाई लाग्न आह्वन गरे ।
महाभेलाको सहसंयोजक संस्था मानवीय जवाफदेहिता अनुगमन अभियान –हामी) गीता पाण्डेले दण्डहीनताको अन्त्य गर्न आग्रह गर्दै नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायमा गरेको प्रतिवद्धता पूरा गर्न आग्रह गरिनन् । गर्नुभएको छ महाभेलामा करिब २०० संघसंस्थाहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank