१ सय ५२ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित

दलित अनलाईन बैशाख २४, २०७९

काठमाडौं —वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेर चुनाव चिन्ह प्राप्त गरेदेखि उम्मेदवारहरु प्रचारप्रसारका लागि घरदैलोमा व्यस्त छन् । तर निर्वाचन आयोग अनुसार स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य जस्ता विभिन्न पदमा उम्मेद्वारहरू निर्विरोध भएका छन्।  आयोगको तथ्याङ्क अनुसार ठूला राजनीतिक पार्टी, साना दल र स्वतन्त्र उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका छन ।

पालिकाका प्रत्येक वडाबाट कम्तीमा एक जना दलित महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्थाले दलित महिलाको प्रतिनिधित्वले बढाएको हो ।

स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा मनोनयन दर्ता गराएका दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार ठूला राजनीतिक दलसँगै साना र स्वतन्त्र उम्मेद्वारहरूबाट समेत गरी १ सय ५२ जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट ५७ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेसबाट ४० जना , माओवादी केन्द्रबाट ३९ जना एकीकृत समाजवादीबाट ६ जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीबाट एक जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

स्वतन्त्रबाट समेत दलित महिला सदस्यमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पालिका तहको प्रत्येक वडा समितिमा एक दलित महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गरिएकाले देशैभरि ६,५६७ जना दलित महिला जनप्रतिनिधि यस अघि निर्वाचित भएका थिए । अहिले  दलित महिला सदस्यमा २३ हजार ३ सय ५ जनाको उम्मेदवारी परेको छ ।

संविधानको धारा ३८ को उपधारा ४ मा महिलालाई समानुपातिक सहभागिता गराउनु पर्ने व्यवस्था छ । यही प्रावधान अनुसार स्थानीय तह निर्वाचन ऐनको दफा १७ को उपदफा ४ मा अध्यक्ष, प्रमुख, उपाध्यक्ष र उपप्रमुखमा ५० प्रतिशत महिलाको उम्मेदवारी हुनु पर्ने प्रावधान छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank