प्रकाण्डमाथि विभेद !

दलित अनलाईन २७ भाद्र २०७५, बुधबार २१:३०

 

काठमाडौ– जनयुद्धका मुद्दाहरु बोक्ने  जनयुद्धका धाकधम्की दिने र हिजोको खास माओवादीको अभिभारा पूरा गर्ने अभिप्राय नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बोक्नुसँगै विद्रोहको मानसिकता देख्नु कुनै नौलो कुरा होइन । तर ‘विप्लव’को पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारी र रिहाइको नौटंकी मञ्चन हुनु पक्कै नौलो कुरा हुनसक्छ । त्यसकारण त प्रकाण्डलाई रिङरोड परिक्रमा गराए जसरी काठमाडौँमा पक्राउ गरेर काभ्रे, नुवाकोट, भोजपुर हुँदै दाङ पु¥याइयो ।
सरकार ,प्रहरी र दलभित्रको प्रतिशोधको भावले प्रकाण्डमाथि ‘झुटो अभियोग’ लगाउनु नै राजनीतिकरण हुनसक्छ कि ? नत्र प्रकाण्डमाथिको राजनीतिक प्रतिशोधको भावना हुदैनथ्यो भने सर्वोच्चले पटक पटक रिहा गर्ने आदेश दिदा समेत आदेशकै अपहेलना गर्नु नै एउटा मिथ्या शृंखलाको अभ्यास हुन सक्ला ।
विद्रोहको मानसिकता र उच्च क्रान्तिकारी कुरा गर्नेहरु र आम सर्वसाधारणको बुझाइ पनि यतिवेलाको प्रकाण्डमाथिको लेनदेनको उच्च राजनीतिकरणको भित्री रहस्यको गहिराइमा पुग्नै सकेका छैनन् ।
सरकारले प्रकाण्डमाथि दुईवटा अभियोग लगाएको छ । एउटा जवर्जस्ती चन्दा असुली र अर्को ज्यान मार्ने उद्योग । प्रकाण्डले यो हर्कत गरेका हुन् भने कानुनतः यो अपराध हुनसक्छ । तर यो पुष्टि गर्ने आधार सरकारसँग छैन भन्ने पुष्टि सर्वोच्च अदालतले दिएको रिहाइको आदेश नै पछिल्लो प्रमाण हुनसक्छ । न्यायिक प्रक्रियामा सर्वोच्च अदालतले एकपटक आदेश दिइसकेपछि पुंन उही प्रकृतिको मुद्दालाई जिल्ला अदालतले अर्को आदेश दिनु कति सम्भव न्यायसंगत हुनसक्ला । यति सामान्य ज्ञानसमेत नभएझैँ गरी सरकारले किन यो हदसम्मको नौटंकीको उच्च प्रदर्शन ग¥यौं ?
यहाँ विप्लवको पार्टीभन्दा फरक अन्य पार्टीका कयौ नेताहरु अभियोग लागेका व्यक्ति खुल्ले आम हिड्डुल गरेकै छन् । पार्टीभित्रका प्रवक्ता जस्तो व्यक्ति महिनौं अघि समातिर देशभरीका हिरासतमा राखिन्छ , अनि सर्वोच्चको अदेशलाई अपहेलना गरिन्छ । तर काेही नेता बोल्दैनन् । यो नै प्रकाण्डकाे पहिलो विभेद हो । यो एक अघोषित जातिय विभेद पनि हो । र पहिलो विभेद उनको पार्टीले गरेको छ । पक्राउ परेको दिनको भोली पल्ट पाँच दिने विरोधमा देखावटीपन पुरा गरेका नेत्रविक्रम चन्द विप्लवले पछिल्लो यो दिनमा कहीकतै एक शब्द बोलेका छैनन् । विश्वकर्माका ठाउँमा उनी कुनै चन्द यसरी समातिएको भए यतिविधि धरपकट हुने थियो कि हुने थिएन कुन्नि ? सायद विश्वकर्माको ठाउँमा अर्को कुनै केसी वा सुवेदी र थापा छोपिएको भए सर्वोच्चको अपहेलनासम्बन्धी मुद्दा दायर हुने थियो कि थिएन होला ? के विश्वकर्मामा विश्वकर्मा भएकै कारण विभेदमा परेका हुनु त ? पार्टी प्रवक्ता जस्तो व्यक्ति पक्राउ परेको महिनौं वित्दासमेत पार्टीले मौन विरोध गर्छ अनि देखावटीमा मात्र सिमित हुनु पार्टीकै लागि धज्जी उड्ने विषय हो । पार्टीमा अन्य नेताहरु हुँदाहुदै राज्यसत्ताको हिन्दु ब्राह्मणवादी चरित्रको कारण प्रकाण्डलाई नै छानेर प्रक्रिनु दलित समुदायबाट आएको एक प्रभावशाली र क्षमतावान नेतृत्व र क्रान्तिकारी दलित समुदायको मनोबल गिराउने षड्यन्त्र हुन पनि सक्छ ।
सरकारले प्रवक्ता विश्वकर्मालाई हिरासतमा राखेर वार्ता गर्न पार्टीलाई आह्वान गर्छ ,अनि पार्टी कुनै पनि  प्रतिक्रिया नदिइ मौन समर्थन जनाए जसरी चुपचाप बस्नुले नै विश्वकर्मामाथिको मौन विभेद हो । अर्कोतिर कुनै पार्टीकाे  प्रवक्ता यसरी पक्राउ परेको भए बढीमा एक हप्तासम्म सरकारले छोडिसकेको हुने थियो । र उनका समर्थनले सायद नगर परिक्रम गराउँदै सम्मानको शब्दले सामाजिक संञ्जाल भरी भराउ हुने थियो । तर विश्वकर्माको हिरासतको परिक्रममा कुनै मौन तर उच्चतहको राजनीतिक विभेद कायमै छ । यो विभेद देख्दा देखिदैन, बोल्दै बोलिदैन तर नियोजित विभेदको शिकार विश्वकर्मा यो वा त्यो वहानामा गिरफ्तारी र रिहाइबाट प्रष्ट हुन्छ कि ,प्रवक्ता राजनीतिक विभेदमा छन् ।

तस्बीर नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank