१ सय ५२ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित

दलित अनलाईन २४ बैशाख २०७९, शनिबार १८:५२

काठमाडौं —वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेर चुनाव चिन्ह प्राप्त गरेदेखि उम्मेदवारहरु प्रचारप्रसारका लागि घरदैलोमा व्यस्त छन् । तर निर्वाचन आयोग अनुसार स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य जस्ता विभिन्न पदमा उम्मेद्वारहरू निर्विरोध भएका छन्।  आयोगको तथ्याङ्क अनुसार ठूला राजनीतिक पार्टी, साना दल र स्वतन्त्र उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका छन ।

पालिकाका प्रत्येक वडाबाट कम्तीमा एक जना दलित महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्थाले दलित महिलाको प्रतिनिधित्वले बढाएको हो ।

स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा मनोनयन दर्ता गराएका दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार ठूला राजनीतिक दलसँगै साना र स्वतन्त्र उम्मेद्वारहरूबाट समेत गरी १ सय ५२ जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट ५७ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेसबाट ४० जना , माओवादी केन्द्रबाट ३९ जना एकीकृत समाजवादीबाट ६ जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीबाट एक जना दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

स्वतन्त्रबाट समेत दलित महिला सदस्यमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पालिका तहको प्रत्येक वडा समितिमा एक दलित महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गरिएकाले देशैभरि ६,५६७ जना दलित महिला जनप्रतिनिधि यस अघि निर्वाचित भएका थिए । अहिले  दलित महिला सदस्यमा २३ हजार ३ सय ५ जनाको उम्मेदवारी परेको छ ।

संविधानको धारा ३८ को उपधारा ४ मा महिलालाई समानुपातिक सहभागिता गराउनु पर्ने व्यवस्था छ । यही प्रावधान अनुसार स्थानीय तह निर्वाचन ऐनको दफा १७ को उपदफा ४ मा अध्यक्ष, प्रमुख, उपाध्यक्ष र उपप्रमुखमा ५० प्रतिशत महिलाको उम्मेदवारी हुनु पर्ने प्रावधान छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank