चमार दलित समुदाय माथी आक्रमण गर्ने विरुद्ध प्रहरीले जाहेरी लिएन

दलित अनलाईन १८ कार्तिक २०८०, शनिबार १९:४४

नवलपरासी —    ईलाका प्रहरी कार्यालय बेलाटारिले जातीय विभेद सम्बन्धी पीडितले दिएको जाहेरी दर्ता गर्न अस्वीकार गरेको पाइएको छ ।

पश्चिम नवलपरासी सुस्ता गाउँ पालिका वडा न ५ नन्दनगर कथित दलित (चमार)समुदायका भजनलाल चमार घर परिवारहरु माथि जातीय गाली गलौज सहित निर्घात कुटपिट आक्रमण गर्ने सोही गाउँका ७ जना विरुद्ध ईलाका प्रहरी कार्यलय बेलाटारी मा जातीय भेदभाव तथा छुवाछूत कसुर किटानी जाहेरी दिएको थियो ।

ईलाका प्रहरी कार्यलय बेलाटारी प्रहरी अधिकारी ले जाहेरी दर्ता गर्नुको सट्टा पीडितलाई मिलिमिलाप गर्न दबाव दिएको पाइएको छ ।

स्रोतको अनुसार : पिडित परिवार गएको मगंलबार जाहेरी लिएर प्रहरीकोमा पुगेको थियो । ईलाका प्रहरीका प्रहरी प्रमुख श्याम प्रसाद यादब नै मेलमिलाप गर्न दबाब दिएको स्रोत को दाबी छ ।

जाहेरी लिएर गए पनि डर-धम्की दिएर देखाएर जाहेरी नै दर्ता नगरी अनेक बहाना बाजि गरि फर्काईदिएको बताएईको छ । तर प्रहरी प्रमुख श्याम प्रसाद यादवले भने जाहेरी नै नआएको बताए । “घटना विषयमा पीडित र पिडक दुबै पक्षको आफुलाई जानकारी छ भएको बताए । घटना दोहोरो जस्तो देखिन्छ । उनले भने” दुबै पक्षले घाईते भएका छन् । पीडित र पिडक भनिने अहिले उपचारको क्रममा रहेका छन् ।” दुबै झिकाएर थप अनुसन्धान गर्छौ ।

घटनाको सुरुवात यसरी भएको थियो 

पिडित परिवार भजनलाल हरिजनका अनुसार कार्तिक ८ गते त्रिवेणीमा दशै-दुर्गाको मूर्ति विसर्जन हुँदै थियो ।सोहि क्रममा दुर्गाको प्रसाद खान माग्दा जातीय गालिगलौज सहित कथित तल्लो जात समुदायले शुरुमा प्रसाद खान मिल्दैन भन्ने खालको शब्द हरु प्रयोग गरे ।

उनि भन्छन् ” हामिलाई यसो भन्नू कानुन विपरीत रहेको भन्ने खालको तर्क गर्दा “त चमार सियार भएर हामिसंग नियम कानुनको कुरा कुरा गर्ने तिम्रो हैसियत छ भन्दै पिडक भनिने मध्य दिनदयाल गुप्ता र दिपक गुप्ता ठाडिघाटमा मेरो भाइ ३/४ मुक्का हाने ” मेरो भाइ दुर्गा चरण हरिजन रुदै घर आएको थियो ।

पुनः फेरि करिब ३ बजेको सयमा श्याम तेलि ,सतिष गुप्ता ,, मनिश गुप्ता ,दिपक गुप्ता ,बिनोद गुप्ता, जोगेन्द्र गुप्ता , लगायत ७ जनाको समुह पुन मेरो घरमा आई जातिय आधारमा त चमार सियार कहाँ लुकेर बसेको छ्स हिम्मत छ भने बाहिर आएर हेर तलाई हामिहरु के गर्छौ त चमार सियार भएर हामिसंग नियम कानुनको कुरा कुरा गर्ने तिम्रो हैसियत छ भन्दै धम्काउदै घर भित्र पसि जातीय गालीगलौज गर्दै अनदधुन्द आक्रमण गरि आमा अमरवती देबि चमार शरिरको विभिन्न भागमा चोट लागेको उनको भाइ विध्या सागर हरिजनको टाउको तथा हात खुट्टामा र दुर्गा चरण हरिजनको घाँटी पछाडि ,टाउकोको तल , स्वयम् आफू भजनलाल हरिजनलाई समेत लात मुडकी तथा काठको चिरपटले हात खुट्टा र टाउकोमा हान्दा बेहोस अवस्थामा हस्पिटल पुर्याएको बताए बताईन्छ ।

घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासी उपचार पश्चात् अहिले डिस्चार्ज भएको पिडित परिवारले बताए । जाहेरीकर्ताले जाहेरीमै प्रमाण खुल्ने विवरण प्रस्तुत गरेका छन् । उनले आफ्नो परिवार माथि भएको सम्पूर्ण सम्पुर्ण व्यवहार भएको मिति, समय, प्रत्यक्षदर्शी र साक्षीसमेत बुझ्न सकिने गरी जाहेरीमा उल्लेख गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६६ र १६८ बमोजिम पिडकलाई पक्राउ गरि कानुन बमोजिम हदै सम्मको सजाय जरिवाना तथा क्षतिपूर्ति समेत दिलाई न्याय दिलाई पाँउ भनी जाहेरी मा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank